तपाईको खातामा आयो कृषि विकास बैंकको लाभांश ?

काठमाडौं । कृषि विकास बैंकले लाभांश वितरण सुरु गरेको छ । बैंक गत चैत १४ गतेसम्म १६औं वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत नगद लाभांश सम्वन्धित सेयरधनीहरुको बैंक खातामा पठाएको हो ।
बैंकले गत फागुन २९ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराएका सेयरधनीहरुलाई नगद लाभांश पठाएको हो । सो मितिपश्चात खाता अद्यावधिक गर्ने सेयरधनीहरुको खाता पनि क्रमशः लाभांश जम्मा गरिदिने बैंकले जनाएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना
