यस्तो छ महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था (विवरणसहित)

काठमाडौ. । महालक्ष्मी विकास बैंकको मुनाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकको मुनाफा ४६.९५ प्रतिशतले ओरालो लागेको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ३७ करोड ८९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.२१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ७७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ३४ करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको संचालन नाफा ४६.४४ प्रतिशतले घटेर ५४ करोड ८ लाख ९० हजार रुपैयाँ आर्जन गरेका छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा १ अबए ९८ करोड १७ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब १७ करोड ३ लाख १८ हजार रुपैयाँ, जगेडा कोष १८.७८ प्रतिशतले बढेर २ अर्ब २२ करोड ९५ लाख ७ हजार रुपैयाँ, निक्षेप संकलन १५.७० प्रतिशतले बढेर ४९ अर्ब ५७ करोड ५५ लाख ५२ हजार रुपैयाँ, कर्जा लगानी ४ प्रतिशतले बढेर ३६ अर्ब ३० करोड ८३ लाख ६ हजार रुपैयाँ र खराब कर्जा ४.६२ प्रतिशत रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ८१ पैसा रहेको छ ।