माछापुछ्रे बैंक मुनाफा १ अर्ब ३५ करोड माथि, अन्य सूचक कस्ता ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

माछापुछ्रे बैंक मुनाफा १ अर्ब ३५ करोड माथि, अन्य सूचक कस्ता ?



काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफा १२.८८ प्रतिशतले घटेर १ अर्ब ३५ करोड १९ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.७८ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ५५ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ६० करोड २८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २२ कराृड ३२ लाख ६९ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा १२.५१ प्रतिशतले घटेर १ अर्ब ९४ करोड ५१ लाख ५३ हजारमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरण योग्य नाफा ४६ करोड ८५ लाख १२ हजार रुपैयाँ, चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष २४.७८ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड २२ लाख ३७ हजार रुपैयाँ, निक्षेप संकलन ४.०७ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ९१ करोड ३१ लाख ४० हजार रुपैयाँ, कर्जा लगानी ०.०६ प्रतिशतले घटेर १ खर्ब २८ अर्ब ४९ करोड ८९ लाख ४४ हजार रुपैयाँ र खराब कर्जा २.३७ प्रतिशत रहेको छ ।

साथै, सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्