नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबिच समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बिच समझदारी भएको छ । कम्पनीले वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारीगरेका छन् ।
एक कार्यक्रमका बिच समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् ।
यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानव संशाधनको वृत्तिविकासका लागि तालिम विकासमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ ।
यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्तिविकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ’ ढुंगानाले जानकारी दिए ।