सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश, वित्तीय सेवाहरु अझैं थप गुणस्तरीय र अब्बल बनाउने प्रतिबद्धता

काठमाडौं । २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १५ लाख ५५हजार गा्रहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।
सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेसो्र त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव१ खर्व ६२ अर्व रुपैयाँ रहेकोमा कर्जा तर्फ १ खर्व ४३ अर्व रुपैयाँ रहेको छ र यसै अवधिमा करिव १ अर्व २४ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।
बैंकले १६औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रतmदान नै जिवनदानूभन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथूनेपाल रेडक्रस सोसाईटीू संगको सहकार्यमा सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
साथै, यसै अवसरमा कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करीब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ । बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेशनलाई १ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गा्रहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । साथै बैंकले डिजिटल बैकिंलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकहरुको सहजताका लागि कार्ड लेस क्यास विथड्रल सेवा मार्फत ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिनानै प्राप्तगर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ । नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहकहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ बैंकमा उपस्थित भई के.वाई.सी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्यगर्दै ई.के.वाई.सी सेवा समेत सञ्चालनमा ल्याईसकेको छ ।