छुट्नु होला नि ? कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

छुट्नु होला नि ? कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बैशाख १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोननका लागि बैशाख १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ बैशाख १४ गतेसम्म कायम सेयरधनीहरले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.४१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२३२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १६औं वार्षिक साधारण सभा बैशाख ३१ गतेका लागि बोलाएको छ ।

कम्पनीकोसभा सिद्धार्थ बुटिक होटल सिमलटार बौद्ध काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्