सर्वसाधारणका लागि कुमारी बैंकको साढे २९ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याउने भनेको छ । कम्पनीले संस्थापक समूह तर्फको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बैशाख १५ गतेदेखि बिक्री गर्ने भएको हो ।
कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य ११९ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी जेठ २ गते भित्र आवेदन दिन सकिनेछ ।
आवेदन दिदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।