वितरणयोग्य नाफामा एभरेष्ट र एनआईसी तगडा: कुमारीको कम हुँदा ५ बैंक ऋणात्मक, कुन कति अब्बल ? « Arthapath.com
१६ असार २०८२, सोमबार

वितरणयोग्य नाफामा एभरेष्ट र एनआईसी तगडा: कुमारीको कम हुँदा ५ बैंक ऋणात्मक, कुन कति अब्बल ?



काठमाडौं । वाणिज्य बैंकहरुले लाभांश दिन सक्ने क्षमता एकदम न्युन दखिएको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले पनि यस्तो देखाएको हो ।

बैंकहरुको खुद नाफा आर्जन पनि त्यति उत्साहजनक छैन । गत आवको समिक्षा अवधिको तुलनाम ११ प्रतिशतले मात्रै नाफा वृद्धि गरेका छन् । विवरणअनुसार बैंकहरुको वितरण योग्य नाफा भने घटेको छ ।

संचालनमा रहेको २१ वटा वाणिज्य बैंकहरुको यस्तो मुनाफा करिव ४१ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ । गत आवको तेस्रो त्रैमासमा बैंकहरुको कुल वितरणयोग्य नाफा २९ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ रहेको थियो । तर, यस वर्षको सोही अवधिमा भने ११ अर्ब ९३ करोड ८३ लाख रुपैयाँले घटेको छ ।

चालु आवको तेस्रो त्रैमासमा बैंकहरुको वितरणयोग्य नाफा १७ अर्ब ५२ करोड ५२ लाख रुपैयाँमा झरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ४०.५२ प्रतिशतले कमी हो । वित्तीय रिपोर्ट अनुसार अधिकांश बैंकहरुको वितरण योग्य नाफा घटेको छ भने कतिको भने ऋणात्मक नै छ । बैंकहरुको खराब कर्जा वृद्धि भएपछि नाफामा प्रभावित भएको छ ।

अधिकांश सूचकमा छलाङ मारेको एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै

अधिकांश सूचकमा सकरात्मक सुधार गरेको एभरेष्ट बैंकको वितरणयोग्य नाफा पनि अन्य बैंकको तुलनामा धेरै छ । समिक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ५६करोड ७१ लाख रुपैयाँ अर्थात २०.२८ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

दुई वर्ष सेयरधनीको हात रित्तो बनाएको एनआईसी एशिया दोस्रो स्थानमा

वितरणयोग्य नाफाको आधारमा दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । दुई आर्थिक वर्षमा सेयरधनीहरुको हात रित्तो बनाएको यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ छ । दुई वर्ष लाभांश नबाँडेपछि बैंकको यस्तो नाफा ११८.३५ प्रतिशत अर्थात १ अर्ब ६३ करोड ८५ लाख रुपैयाँले बढेको हो । गत आवको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

स्टाण्डर्ड र लक्ष्मीको दोब्बर बढ्यो, आरविवि, नबिलसहित सात बैंकको १ अर्ब माथि

समिक्षा अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकले वितरणयोग्य नाफा धेरै वृद्धि गरेको छ । बैंकले गत आवको तेस्रो त्रैमासको तुलनामा १२०.१० प्रतिशतले बढाएर २ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ पुर्र्याएको छ । गत आवको समिक्षा अवधिमा भने बैंकको यस्तो नाफा १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, लक्ष्मी बैंकले पनि वितरणयोग्य नाफा दोब्बर वृद्धि गरेको छ । गत आवको ६५ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको वितरयोग्य नाफा १०२.७३ प्रतिशतल बढाएर १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, राष्ट्रि वाणिज्य बैंकको वितरणयोग्य नाफा २ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बढी छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५९.९१ प्रतिशतले बढी हो । अधिकांश सूचकमा अब्बल मानिएको नबिल बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ७७ करोड २० लाख रुपैयाँ छ । तर, गत आवको समिक्षा अवधिको तुलनामा बैंकको यस्तो नाफा ३९ करोड ५४ लाख अर्थात १८.२४ प्रतिशतले कमी हो ।

त्यसैगरि सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड ४७ लाख, नेपाल एसबिआईको १ अर्ब १६ करोड ७४ लाख, माछापुच्छ्रे बैंकको १ अर्ब ६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

पाँच बैंकको वितरणयोग्य नाफा ऋणात्मक, मर्ज भएकाहरु नै नोक्सानीमा

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा पाँच वटा बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक देखिएको छ । मर्जपछि बनेका बैंकहरुको वितरणयोग्य नाफा नै नोक्सानीमा देखिएको हो ।

वित्तीय विवरण अनुसार सबैभन्दा धेरै वितरणयोग्य नाफा ऋणात्मक हुनेमा हिमालयन बैंक देखिएका छ । सिभिल बैंकलाई प्राप्ति गरेको यस बैंकको वितरण योग्य नाफा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ । तर, गत आवको तेस्रो त्रैमासमा भने बैंकको यस्तो नाफा ४८ करोड ६७ लाख रुपैयाँ बढी धनात्मक थियो ।

यस्तै, मेगा बैंकसंग मर्जपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितणयोग्य नाफा पनि ऋणात्मक छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको यस्तो नाफा १ अर्ब २७ करोड ९६ लाख रुपैयाँ ऋणात्मक देखिएको हो ।

समिक्षा अवधिमा सिद्धार्थ बैंकको वितरणयोग्य नाफा पनि ४५ करोड ६६ लाख बढी ऋणात्मक देखिएको छ । गत आवको तेस्रो त्रैमासमा भने बैंकको यस्तो नाफा १ अर्ब १ करोड ८७ लाख रुपैयाँ बढी रहेको थियो।

सेन्चुरी कमर्सियलाई प्राप्ति गरि केही महिनाअघिदेखि एकीकृत कारोबार थालनी गरेको प्रभु बैकको वितरणयोग्य नाफा पनि ऋणात्मक छ । चालु आवको तेस्रो त्रैमाससम्ममा आईपुग्दा बैंकको यस्तो नाफा १८ करोड २९ लाख रुपैयाँ बढी ऋणात्मक देखिएको छ । तर, गत आवको समिक्षा अवधिमा भने बैंकको वितरणयोग्य नाफा ७८ करोड रुपैयाँ बढी रहेको थियो ।

बैंकहरुको वित्तीय विवरणअनुसार सनराइज बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा ४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ ।

ग्लोबल आइएमईको १ अर्ब पनि पुगेन वितरणयोग्य नाफा, कुमारीको २४ लाख मात्रै

चालु आवको तेस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफामा भने घटेको छ । वाणिज्य बैंकहरुमध्ये नम्बर वानको होडमा रहेको यसको बैंकको वितरयोग्य नाफा १ अर्ब पनि पुगेको छैन । विओकेलाई मर्जपछि झन् बलियो बनेको ग्लोबल आइएमईको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ४९.८४ प्रतिशतले घटेको हो ।

संचालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम वितरणयोग्य नाफा कुमारी बैंकको देखिएको छ । यस बैंकको वितरणयोग्य नाफा २४ लाख ८७ हजार रुपैयाँ मात्रै रहेको छ । जुन, गत आवको समिक्षा अवधिको तुलनामा ९९.७१ प्रतिशतले कमी हो ।

चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार एनएमबि बैंकको वितरणयोग्य नाफा ७२ करोड ८८ लाख, कृषि विकास बैंकको ५८ करोड ४३ लाख, प्राइमको ३० करोड १५ लाख, नेपाल बैंकको १८ करोड ७ लाख र सिटिजन बैंकको १४ करोड ३४ लाख रुपैयाँ रहेको छ । यी बैंकको वितरणयोग्य नाफा गत आवको समिक्षा अवधिको तुलनामा भने क्रमशः ४५.१५ प्रतिशत, ४०.७६ प्रतिशत, ७८.६८, ९३.३१ र ८३.४५ प्रतिशतले घटेको हो ।

कुनको बैंकको वितरणयोग्य नाफा कति ?


प्रतिक्रिया दिनुहोस्