सानिमा बैंकमा रोजगारीको अवसर

काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै केन्द्रिय कार्यायका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले जुनियर अफिसर देखि अफिसरसम्मका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ । जसका लागि शैक्षिक योग्यता एलएलएम उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २९ गतेसम्म कम्पनीको बेवसाइट https://career.sanimabank.com/ मार्फत आवेदन दिन सकिनेछ ।
