कामना सेवा विकास बैंकको कर्मचारी र ग्राहकहरुलाई मनकामना अस्पतालमा विशेष छुट « Arthapath.com
२१ बैशाख २०८०, बिहीबार

कामना सेवा विकास बैंकको कर्मचारी र ग्राहकहरुलाई मनकामना अस्पतालमा विशेष छुट



काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल भरतपुरबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भरतपुरको मनकामना अस्पतालले प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु., लगायत एनआई सियु, एचडियु , नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्ने भएका छन् ।

अस्पतालले प्रदान गर्ने सो सेवा सुविधाहरुमा बैंकका कर्मचारीहरुले २०प्रतिशत सम्मको र बैंकका ग्राहकहरुले १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौता बाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिन ेबैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्