मर्जपछि झन् अब्बल कहलिदै एनआइएमबिः २ खर्बले बढ्यो सम्पत्ति, धनीको बैंकको ‘तेस्रो पोजिशन’ « Arthapath.com
१६ असार २०८२, सोमबार

मर्जपछि झन् अब्बल कहलिदै एनआइएमबिः २ खर्बले बढ्यो सम्पत्ति, धनीको बैंकको ‘तेस्रो पोजिशन’



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्जरमा गई एकीकृत कारोबार थालेको तीन महिना बढी भईसकेको छ । यी दुवै बैंक गत पुस २७ गतेदेखि नै एकीकृत कारोबार थालनी गरेका हुन् ।

मर्जपछि बैंक अझै बलियो बन्दै गएको छ । बैंकको अधिकांश सूचकहरु सबल छन् । सकरात्मक रुपमा अगाडि बढी रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) सम्पत्तिको आधारमा तेस्रो पोजिशनमा देखिएको छ ।

यद्यपि, पछिल्लो एक वर्षमा सम्पत्ति बढाउने बैंकहरुमध्ये भने एनआईएमबि पहिलो नम्बरमै छ । एनआईएमबि देशकै ठुला वाणिज्य बैंकहरुमध्ये एक अग्रणी बैंक बनेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको कुल सम्पत्ति ४ खर्ब ४२ अर्ब २८ करोड ७५ लाख रुपैयाँ छ । सम्पत्तिको आधारमा पहिलो नम्वरमा ग्लोबल आइएमई र दोस्रो स्थानमा नबिल बैंक छ ।

नेपाल इन्भेष्टमेन्टले एक वर्षमै थप २ खर्ब ४ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ सम्पत्ति थप गरेको हो । मेगा बैंकसंग मर्जभएपछि झन् सबल बन्दै गएको देखिएको छ । बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक र सेयरधनीहरुको सन्तुष्टिलाई उच्चत स्थानमा राखी सेवा प्रवाह गरिरहेको छ । मर्जपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान भएको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै ठुलो वाणिज्य बैंकमध्येकै एक अब्ब्ल बैंक रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले बताए । उनले नेपाली वित्तीय बजारमा एनआईएमबि एक प्रतिष्ठित, अब्बल र जनप्रिय बैंकको रुपमा स्थापित भएको बताए । उनले भने–‘संस्थापकहरुको सोच, भिजनका कारण विश्वासिलो र अग्रणी बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक स्थापित छ। बैंकले आगामी दिन अझै सबल र नयाँ व्यवसायिक रणनीतिसहित सेवा प्रवाह गर्नेछ ।’

चुक्ता पुँजीमा दोस्रो स्थान, जगेडा कोषको आकार ६६ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको छ । जुन वाणिज्य बैंकहरुमध्येकै दोस्रो धेरै हो । मर्जपछि नै बैंकको पुँजी झण्डै दोब्बरले बढको हो । यस्तै, बैंक जगेडा कोषमा पनि बलियो देखिएको छ । बैंकले जगेडा तथा कोष २३ अर्ब ८९ करोड ६५ लाख ३४ हजार रुपैयाँ राखेको छ । जगेडा कोषका आकार पनि वाणिज्य बैंकहरुमध्यकै दोस्रो ठुलो हो । पहिलो नम्बरमा भने ग्लोबल आइएमई बैंक छ ।

निक्षेप र कर्जा लगानीमा एनआइएमबिको तेस्रो स्थान

निक्षेप संकलन र कर्जा लगानीमा पनि एनआईएमबि तेस्रो स्थानमा छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन ३ खर्ब ५० अर्ब १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकले ३ खर्ब १९ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप र कर्जाको तुलनामा ग्लोबल आइएमई पहिलो र नबिल दोस्रो स्थानमा छ । तर, बैंकको खराब कर्जा भने बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको यस्तो कर्जा ३.९४ प्रतिशत छ । गत आवको समिक्षा अवधिमा भने बैंकसंग २.२० प्रतिशत मात्रै खराब कर्जा थियो । ऋणा लगानी उठ्न नसेकेपछि बैंकको यस्तो कर्जा बढेको हो । यस्तै, चालु आवको पहिलो त्रैमासमा १.५७ प्रतिशत, र दोस्रो त्रैमासमा बढेर ३.७१ प्रतिशतमा पुगेको थियो ।

खुद नाफामा पनि सकरात्मक बढोत्तरी

बैंकले ९ महिनामा ३ अर्ब बढी खुद नाफा कमाएको छ । चालु आवको चैत मसान्तसम्ममा आईपुग्दा बैंकले ३ अर्ब ४ करोड ६१ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने २३ प्रतिशत अर्थात ५६ करोड ८८ लाख रुपैयाँले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको दोस्रो त्रैमास अर्थात गत पुस मसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी दोब्बर बढ्यो

चालु आवको तेस्रो त्रैमासमा एनआईएमबिको खुद ब्याज आम्दानी दोब्बर वृद्धि भएको छ । चालु आवको ९ महिनामा बैंकले ७ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ३ अर्ब ८८ करोड ७६ लाख रुपैयाँले बढी हो । गत आवको समिक्षा अवधिमा बैंकले ३ अर्ब ९० करोड ७५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानीमा भने बैंक पाँचौ स्थानमा छ ।

बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक

चालु आवको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २७ करोड ९६ लाख रुपैयाँ ऋणात्मक छ । यद्यपि, गत आवको चैत मसान्तसम्ममा भने बैंकको वितरणयोग्य नाफा ४७ करोड २४ लाख रुपैयाँ बढी थियो ।

प्रतिसेयर आम्दानी

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) भने एभरेज नै छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको इपिएस १५ रुपैयाँ २० पैसा छ । गत आवको समिक्षा भने बैंकको यस्तो आम्दानी १८ रुपैयाँ ४ पैसा रहेको थियो । चालु आवको दोस्रो त्रैमासमा १५ रुपैयाँ ६१ पैसा रहेको थियो ।

कर्मचारीलाई अर्ब ३३ करोड बढी तलब, ३६.२० प्रतिशत बोनस

बैंकले चालु आवको ९ महिनामा आफ्ना कर्मचारीहरुका लागि १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ बढी तलबभत्ता दिएको छ । बैंकले तलबको ३६.२० प्रतिशत बोनस दिएको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले आफ्ना कर्मचारीहरुको लागि ४८ करोड ३५ लाख रुपैयाँ बढी बोनस व्यवस्थाका लागि छुट्याएको छ । हाल बैंकमा साढे ३ हजार बढी कर्मचारीहरु रहेका छन् ।

गुणस्तारीय सेवा प्रदान र नयाँ नयाँ व्यवसायिक योजना

आगामी अवधिमा थप गुणस्तरीय सेवा प्रदानमा जोड दिने बैंकले जनाएको छ । यसका साथै नयाँ–नयाँ व्यवसायिक योजनाको विकास रणनीति सहित काय गर्ने बैंकको प्रतिवद्धता छ । लगानीका क्षेत्रहरुको खोजी, व्यवसायिक संजाल वृद्धि, व्यवसाय विविधिकरण तथा व्यवसायिक विकासका लागि शाखा संजाल विस्तारका साथै ग्राहकको चाहना बमोजिम आधुनिक बैंकिङ्ग तथा वित्तिय सेवा तथा सुविधा शुरु गर्ने बैंकको योजना रहेको छ ।

हाल बैंकको करिव ३ वटा शाखा छन् । काठमाडौं उपत्यकामा मात्रै ८८ वटा शाखा रहेका छन् । बैंकका अनुसार हाल ६० वटा एक्सटेन्सन काउन्टर र २७७ वटा भन्दा धेरै एटीएम रहेको छ । यसका साथै बैंकले १०९ वटा शाखारहित सेवा प्रवाह कार्यालय समेत संचालन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्