सम्पत्तिमा नम्बर वान ग्लोबल आइएमई: नबिल र एनआईएमबिको बराबरी, एनआईसीलाई कुमारीले उछिन्यो « Arthapath.com
१६ असार २०८२, सोमबार

सम्पत्तिमा नम्बर वान ग्लोबल आइएमई: नबिल र एनआईएमबिको बराबरी, एनआईसीलाई कुमारीले उछिन्यो



काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ५९ खर्ब नाघेको छ । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको कुल सम्पत्ति ५९ खर्ब १५ अर्ब ८ करोड ८० लाख ९१ हजार रुपैयाँ पुगेको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थि वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरुको सम्पत्ति एक वर्षमा ३ खर्ब ४२ अर्ब ६९ करोडले बढेको छ ।

चालु आवको ९ महिनामा मर्जरमा गएका बैंकहरुको सम्पत्ति ह्वात्तै बढेको छ । सम्पत्ति धेरै हुनेहरुको पहिलो सूचीमा ग्लोलब आइएमई बैंक छ । बिओकेलाई प्राप्तिगरेपछि ग्लोबल आइएमईको सम्पत्ति ४३.७१ प्रतिशतले बढेको हो । धनी बैंकको दोस्रो स्थानमा नबिल र तेस्रो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । चौंथो र पाँचौ स्थानमा कुमारी र एनआईसी एशिया देखिएका छन् ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

ठुलो धनी बैंक बन्यो ग्लोबल आइएमई, मर्जपछि थप शक्तिशाली

बैंक अफ काठमाण्डूसँग मर्जपछि ग्लोबल आइएमई बैंक झ्न शक्तिशाली बनेको छ । बैंकको सम्पत्ति एक वर्षमा डेढ खर्बले बढीले वृद्धि भएको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकसंग कुल ५ खर्ब ५ अर्ब ७४ करोड ६१ लाख रुपैयाँ नाघ्को छ । गत आवको चैत मसान्तसम्ममा भने बैंकसंग ३ खर्ब ५१ अर्ब ९० करोड ९६ लाख रुपैयाँ रहेको थियो । चालु आवको ९ महिनामा भने बैंकले ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नबिल र एनआईएमबिको सम्पत्ति लगभग बराबरी

नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्पत्ति लगभग बराबरी देखिएको छ । चालु आवको ९ महिनामा नबिलको सम्पत्ति ४७.४९ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा बैंकसंग ३ अर्ब ५२ करोड २० लाख रुपैयाँ रहेको थियो । तर, यस वर्षको समिक्षा अवधिमा आईपुग्दा बैंकको सम्पत्ति ४ खर्ब ४३ अर्ब २२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि लगभग दोब्बर बढेको छ । मेगा बैंकसंग मर्जपछि बैंकको सम्पत्ति ८६ प्रतिशतले बढेर ४ खर्ब ४२ अर्ब २८ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

पाँच खर्ब बैंकको सम्पत्ति ३ खर्ब माथि, एनआईसीलाई कुमारीले उछिन्यो

सम्पत्तिको आधारमा एनआईसी एशियालाई कुमारी बैंकले उछिनेको छ । कुमारी बैंकको ३ खर्ब ६९ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कुमारीले एनसीसी बैंकले ७८.२१ प्रतिशतले सम्पत्ति वृद्धि गरेको हो । एनआईसी एशियाको भने ३ खर्ब ६४ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि सम्पत्ति १६.३९ प्रतिशतले बढाएको छ । चालु आवको ९ महिनामा बैंकसंग ३ खर्ब ४८ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति छ । यता, साविकको सेञ्चुरी बैंकलाई प्राप्ति गरेको प्रभु बैंकको सम्पत्ति ३ खर्ब ४१ अर्ब ७३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिको तुलनामा बैंकको सम्पत्ति ५२.१८ प्रतिशतले बढेको हो ।

यस्तै, हिमालयन बैंकको सम्पत्ति पनि ३ खर्ब ३० अर्ब ६७ करोड १८ लाख रुपैयाँ पुगेको छ । सिभिल बैंकलाई प्राप्ति गरेको बैंकको सम्पत्ति ५१.४२ प्रतिशतले बढेको हो ।

नेपाल बैंक, एनएमबि र सिद्धाथको बराबरीः एभरेष्ट, सानिमाले पनि बढाए

चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपाल बैंक, एनएमबि र सिद्धार्थ बैंकको सम्पत्ति पनि बराबरी जस्तै छ । सो अवधिमा नेपालको सम्पत्ति २ खर्ब ७८ अर्ब ७६ करोड ८१ लाख, एनमएबिको २ खर्ब ७४ अर्ब ८५ करोड ५८ लाख र सिद्धार्थको २ खर्ब ७३ अर्ब ८३ करोड १७ लाख रुपैयाँ छ ।

यस्तै, एभरेष्ट र सानिमा बैंकले पनि क्रमशः १३.८६ प्रतिशत, १३ प्रतिशतले सम्पत्ति बढाएका छन् । एभरेष्टको सम्पत्ति २ खर्ब ३७ अर्ब ८९ करोड ७१ लाख र सानिमाको २ खर्ब ५ अर्ब १७ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरि कृषि विकास बैंकको सम्पत्ति २ खर्ब ४५ अर्ब ६५ करोड, प्राइमको २ खर्ब १३ अर्ब ६५ करोड, सिटिजनको १ खर्ब ९० अर्ब ८३ करोड, माछापुच्छ्रे १ खर्ब ८५ अर्ब ८८ करोड, लक्ष्मीको १ खर्ब ८१ अर्ब ३२ करोड रुपैयाँ छ ।

यता, नेपाल एसबिआईको सम्पत्ति १ खर्ब ७७ अर्ब ६९ करोड, सनराइजको १ खर्ब ६२ अर्ब ९७ करोड र स्टाण्डर्ड चार्टर्डको १ खर्ब ३९ अर्ब ६९ करोड रुपैयाँ छ ।

कुन बैंक कति धनि ?

स्रोतः बैंकहरुले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण, रकम रु. हजारमा


प्रतिक्रिया दिनुहोस्