२९ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्न भएको छ । बैंकले संस्थापक सेयरधनी ललिता थापाको नाममा रहेको २९ हजार १ सय ६२ कित्ता सेयर बिक्री गर्ने लागेको हो । सो संस्थापक सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने तोकेको छैन् ।
आवेदन सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आईपुग्ने गरि दिनुपर्नेछ ।