७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार « Arthapath.com
१६ असार २०८२, सोमबार

७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार



काठमाडौं । कुल ७५३ स्थानीय तहमध्ये २०७९ चैतसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८
चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ चैत मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा २०७९ चैत मसान्तमा ११ हजार ६४३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्