ज्योति विकास बैंकको नयाँ शाखा गोकर्णमा « Arthapath.com
२३ असार २०८२, सोमबार

ज्योति विकास बैंकको नयाँ शाखा गोकर्णमा



काठमाडौं । ज्योति विकास बैंकले वैशाख २८ गते (बिहीबार) काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक रामकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । उद्धघाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थि नगरपालिकाका मेयर दिपक कुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवाथप सुलभ र सहजबनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवापुग्ने विश्वास व्यक्त गरे ।

साथै, बैंकका संचालक रामकुमार श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र आगामी दिनहरुमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझै सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै, बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ज्योतिविकास बैंक देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्न अग्रसर रहेको कुरामा थप प्रकाश पारे ।

ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम रहेको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्