कामना सेवा विकास बैंकको साधारण सभा आज बस्दैं, के के छन् एजेण्डा « Arthapath.com
३१ बैशाख २०८०, आईतवार

कामना सेवा विकास बैंकको साधारण सभा आज बस्दैं, के के छन् एजेण्डा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा आज (बैशाख ३१ गते) बस्दैंछ । सभा सिद्धार्थ बुटिक होटल सिमलटार बौद्ध काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.४१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२३२१ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोननका लागि बैशाख १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ बैशाख १४ गतेसम्म कायम सेयरधनीहरले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्