कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा बैशाख ३१ गते आइतबारका दिन काठमाडौं–६ बौद्ध सिमलटार स्थित सिद्धार्थ बुटिक होटलमा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कूल ४.६४२१ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकले आ.व. २०७९÷०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।