नेप्सेमा एक कम्पनीको २६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कृषि विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको २ प्रतिशत बोनस बापत २६ लाख ३७ हजार ५८३ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई विवरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।