नेप्सेमा थप चार कम्पनीको साढे ४३ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कृषि विकास बैंक, साल्ट टेडिङ करर्पोरेशन लिमिटेड, स्वाभिमान लघुवित्त, मिर्मिरे लघुवित्तको ४३ लाख ५६ हजार ४५७.२७ कित्ता सेयर सूचीकृत भएको हो ।
कृषि विकास बैंकको २ प्रतिशत बोनस बापत २६ लाख ३७ हजार ५८९.३९ कित्ता सेयर सूचीकृत भएको छ ।
साल्ट टेडिङ करर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनस सेयर बापत २ लाख ५३ हजार ५३१.१९ कित्ता सेयर सूचीकृत भएको हो ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर बापत २ लाख ४३ हजार ५६४.३० बोनस सेयर सूचीकृत भएको हो ।
मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस बापत १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर सूचीकृत भएको छ ।