नेप्सेमा एक कम्पनीको १२ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बिहीबार बैंकको १२.३५ प्रतिशत बोनस बापतको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
अब सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।