लुम्बिनी विकास बैंक १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ? « Arthapath.com
७ जेष्ठ २०८०, आईतवार

लुम्बिनी विकास बैंक १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?



काठमाडौं । लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीको जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने लागेको हो ।

कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । जसमध्ये ६० प्रतिशत (६ लाख इकाई) बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको भने ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लुम्बिनीले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । जसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने छ । ऋणपत्रमा छिटोमा जेठ १९ गते र ढिलो जेठ ३० गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिने कम्पनी जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्