प्रतिकित्ता ११० रुपैयाँ मै कुमारी बैंकको सेयर किन्ने मौका « Arthapath.com
१६ असार २०८२, सोमबार

प्रतिकित्ता ११० रुपैयाँ मै कुमारी बैंकको सेयर किन्ने मौका



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूह तर्फको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले संस्था समूहको ३ लाख १६ हजार १४० कित्ता सेयर सेयर लिलामीमा ल्याएको हो ।

कम्पनी उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार १० गते भित्र बिओके क्यापिटल मार्केट नक्साल काडमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्