नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेशन भव्य रुपमा सम्पन्न

काठमाडौं । नबिल बैंक कर्मचारी संघको बिशेष महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन काठमाडौंको अल्फा हाउसमा सम्पन्न भएको हो ।
सो महाधिवेशनमा बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित विषयहरुमा विशेष छलफल गरिएको थियो । सोही अवसरमा हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान र कर्मचारीहरु खेल्नुपर्ने महत्वपूर्ण भुमिका लगायतको बारेमा छलफल भएका थियो ।
महाधिवेशनमा नबिल बंकका प्रमुख कायकारी अधिकृत, मानव संशाधन विभागका प्रमुख, नायब प्रमुख कार्यकारी अधिकृत, फिउन राष्ट्रिय समितिका अध्यक्ष, उपाध्यक्ष तथा महासचिव लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नबिल बैक कर्मचारी संघका अध्यक्ष सविन भट्टराइले कर्मचारीको हकहितको पक्षमा आफूले सक्दो पहल गर्ने बताए थिए ।
विशेष महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरू, नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारिहरू, नबिल बैंकका व्यवस्थापकहरू, विभिन्न बैंकका कर्मचारी संघ तथा नबिल बैंकका कर्मचारीहको सहभागिता थियो ।