तपाईको डिम्याट खातामा १२.३५ प्रतिशत बोनस आयो ? छैन भने के गर्ने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धीत सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गरेको हो ।
कम्पनीको पुष २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित १२.३५ प्रतिशत बोनस सेयर वितरण सुरु गरेको हो । पुष १३ गतसम्म कायम सेयरधनीहरुको डिम्याट खातामा बोनस जम्मा गरेको कम्पनीले जनाएको छ ।
हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाश्रिथ सेयर अभौतिकीकरण गरी लाभांश प्राप्त गर्ने कम्पनीले आग्रह गरेकोछ ।