कामना सेवा विकास बैंकले २ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला « Arthapath.com
१० जेष्ठ २०८०, बुधबार

कामना सेवा विकास बैंकले २ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला



काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक विद्यमान सस्थापक सेयरधनी वा अन्य जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले बिहीबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयको ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्