ज्योति विकास बैंकमा रोजगारीको अवसर « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

ज्योति विकास बैंकमा रोजगारीको अवसर



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले कार्ड एण्ड डिजिटल बैकिङ्ग अन्तर्गत अफिसर लेभल देखि म्यानेजरियल लेभलमा २ जना, मिस युनिट अन्र्गत जुनियर अफिसरमा १ जना, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसरमा २ जना र इन्र्फरमेशन सेक्युरिटी एनलाएस्ट अन्तर्गत असिस्टेन्ट देखि सुपरभाइजर पदमा १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेको देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ २५ गते भित्र बैंकको बेवसाइट https://jbbl.com.np/career/ मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्