अधिकांश लघुवित्तको प्रतिसेयर आम्दानीमा संकुचन, १५ वटाको ऋणत्मक, इपिएसमा कुन कति बलियो ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

अधिकांश लघुवित्तको प्रतिसेयर आम्दानीमा संकुचन, १५ वटाको ऋणत्मक, इपिएसमा कुन कति बलियो ?



काठमाडौं । पछिल्लो समय लघुवित्तको नाफामा संकुचन देखिएको छ । खराब कर्जा बढ्दा कम्पनीहरुको मुनाफा ओरालो लागेसँगै जसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानीमा पर्ने भएको छ ।

संचालनमा रहेका लघुवित्तहरु मध्ये अधिकांश लघुवित्तको प्रतिसेयर आम्दानी ओरालो लागेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको विवरण अनुसार ४० कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ भने १५ लघुवित्त ऋणत्मक रहेका छन् ।

चैत समान्तसम्मको अवधिमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी मात्र सुधार देखिएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसाले बढेर १३ रुपैयाँ १३ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ११ रुपैयाँ ५७ पैसा रहेको थियो ।

४० लघुवित्तको इपिएस ओरालो, सर्वाधिक घट्नेमा फरवार्ड
चैत मसान्तसम्मको अवधिमा सबै भन्दा बढी प्रतिसेयर सेयर आम्दानी घट्ने लघुवित्तमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११४ रुपैयाँ ४६ पैसाले घटेर ५ रुपैयाँ ५१ पैसा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ११८ रुपैयाँ ९७ पैसा रहेको थियो ।

सबै भन्दा बढी प्रतिसेयर आम्दानी रहेको लघुवित्तमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७६ रुपैयाँ ८ पैसा रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ९ रुपैयाँ ३५ पैसाले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८६ रुपैयाँ १५ पैसा रहेको थियो ।

त्यस्तै, प्रतिसेयर आम्दानी धेरै हुने दोस्रो नम्बरमा नेशनल माइक्रोफानान्सको ३० रुपैयाँ २ पैसाले घटेर ४६ रुपैयाँ ८४ पैसा, तेस्रो नम्बरमा छिमेक लघुवित्तको २७ पैसाले घटेर ४१ रुपैयाँ ४१ पैसा, चौथो नम्बरमा साना किसान लघुवित्तको ३ रुपैयाँ ६ पैसाले घटेर ३९ रुपैयाँ ७५ पैसा र छैठौ नम्बरमा महिला लघुवित्तको ५८ रुपैयाँ २५ पैसाले घटेर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, क्रमशः डिप्रोक्स लघुवित्तको २४ रुपैयाँ २५ पैसा, आरएमडिसि लघुवित्तको २३ रुपैयाँ ४० पैसा, फस्र्ट माइक्रोफाइनान्सको २२ रुपैयाँ ६० पैसा, राष्ट्र उत्थान लघुवित्तको १९ रुपैयाँ १ पैसा रहेको छ । सबै भन्दा कम प्रतिसेयर आम्दानी रहेको लघुवित्तमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसाले घटेर १ रुपैयाँ ३२ पैसामा खुम्चिएको छ ।

१५ कम्पनीको प्रतिसेयर आम्दानी ऋणत्मक
समिक्षा अवधिसम्ममा १५ लघुवित्तको प्रतिसेयर आम्दानी ऋणत्मक देखिएको छ । चैत मसान्तसम्मको अवधिमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्था ५७ रुपैयाँ ५३ पैसा ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७३ पैसा रहेको थियो ।

त्यस्तै, ऋणत्मक हुने दोस्रो नम्बरमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनी ४० रुपैयाँ ४३ पैसा ऋणत्मक अवस्थामा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा रहेको थियो ।

साथै, सामुदायिक लघुवित्त ३९ रुपैयाँ ८२ पैसा, जाल्पा सामुदायिक लघुवित्त ३२ रुपैयाँ ७ पैसा, लक्ष्मी लघुवित्त २७ रुपैयाँ ७१ पैसा, मानुषि लघुवित्त २३ रुपैयाँ ८१ पैसा, बिपिडब्लू लघुवित्त २१ रुपैयाँ ८८ पैसा र उन्नति सहकार्य लघुवित्तक १४ रुपैयाँ ६६ पैसा ऋणत्मक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्