सांग्रिला डेभलपमेन्ट बैंकको साढे १० हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ ।
बैंकले संस्थापक सेयरधनी केशव बोहोराको नाममा रहेको १० हजार ७७३ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । सेयरको बिक्री मूल्य भने खुलाएको छैन् ।
सो संस्थापक सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति तथा संस्थालाइ आजको मितिबाट १५ दिनभित्र आवश्यक कागजात संकलन गरि बैंकको केन्द्रीय कार्यालय बालुवाटार,काठमाडौंमा आवेदन दिन सकिनेछ ।