प्रतिकित्ता ११० रुपैयाँ मै कुमारी बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७१ हजार २६५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरिद गर्ने चाहने जो–कोही व्यक्ति तथा संस्थाहरूले आवश्यक कागजात संकलन गरी जेठ २३ गतेभित्र विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा दिउँसो ३ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रमसमेत तय भएको छ ।