सनराइज बैंकको एक लाख २२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
१५ असार २०८२, आईतबार

सनराइज बैंकको एक लाख २२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार ४५ कित्ता सेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

सेयर खरीद गर्न इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आगामी ७ दिनभित्र तोकिएको बैंकको केन्द्रिय कार्यालय गैह्रिधारा स्थित , शेयर रजिष्ट्री आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्