राष्ट्र बैंकले २२ करोड मुद्दति निक्षेपमा लगानी गर्दै « Arthapath.com
२५ असार २०८२, बुधबार

राष्ट्र बैंकले २२ करोड मुद्दति निक्षेपमा लगानी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ करोड भन्दा बढी रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषहरुमा रहेको २२ करोड २ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १७ करोड ६२ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा तीन करोड ३० लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा एक करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो असार १ गतेदेखि २०८१ असार १ गते ३६६ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।

सो रकम मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदर प्रस्ताव जेठ २१ गतेदेखि राती १२ बजेभित्र बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्