कामना सेवा विकास बैंकका ग्राहकहरुलाई प्रारम्भ ड्राईभिङ्ग स्कुलमा १२ प्रतिशत छुट « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई प्रारम्भ ड्राईभिङ्ग स्कुलमा १२ प्रतिशत छुट



काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकमहानुभावहरुले १२ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्