लुम्बिनी विकास बैंकले ऋणपत्रमा आवेदन दिने समय थप « Arthapath.com
१५ असार २०८२, आईतबार

लुम्बिनी विकास बैंकले ऋणपत्रमा आवेदन दिने समय थप



काठमाडौं । लुम्बिनी विकास बैंकले ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय जेठ ३० गतेसम्म पुराएको हो । माग बमोजिम आवेदन परेपछि भने जुनसुकै समयमा बन्द गर्ने सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । जसमध्ये ६० प्रतिशत ९६ लाख इकाई० बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको भने ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लुम्बिनीले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । जसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिने कम्पनी जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्