कृषि विकास बैंकले माग्यो १७९ कर्मचारी, यसरि दिनुहोस् आवेदन « Arthapath.com
१९ जेष्ठ २०८०, शुक्रबार

कृषि विकास बैंकले माग्यो १७९ कर्मचारी, यसरि दिनुहोस् आवेदन



काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थायी दरबन्दीका लागि १७९ जना कर्मचारी मागेको हो ।

बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना, प्राविधिकतर्फ ऋण सहायक ६ जना, कर्जा अधिर्कत ९ जना, आईटी इन्जिनियर १ जना, कानूनी अधिकृत २ जना, ब्यवस्थापकिय सूचना प्रणाली अधिकृत ३ जना, व्यवसाय अधिकृत ३८ जना र आईटीतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरेको छ ।

त्यसका साथै, वरिष्ठ लेखा अधिकृत (सीए) ६, शाखा अधिकृत ४ र वरिष्ठ शाखा प्रमुख १ जना माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लसटू उत्तिर्णदेखि विभिन्न विषय लिई स्नाकोत्तर उत्तिर्ण गरेको हुनु पर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ७ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्