सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली, हेर्नुहोस् तस्बिरहरु « Arthapath.com
१५ असार २०८२, आईतबार

सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली, हेर्नुहोस् तस्बिरहरु



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार (जेठ २२ गते) परेको विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली गरेको छ । बैंकले वातारण दिवस र आज परेको विश्व साइकल दिवसको अवसरमा काठमाडौैंमा डिबिएनको सहयोगमा उक्त र्याली गरेको हो ।

बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त साइकल र्याली नक्साल, हात्तिसार, दरबारमार्ग, सुन्धाराहुदैं सानो गौचरसम्म पुगेको थियो । काठमाडौं लगायत देशभरीको वातावरण पछिल्लो समय खराब हुदै गएको र जनमानसमा सकरात्मक प्रवाह गरोस् भन्ने हितुले उक्त र्याली संचालन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुयोग श्रेष्ठले बताए ।

सवारी साधनले फाल्ने धुवा धुलोले वातावरणमा निकै असर गरेको छ । पछिल्लो समय नेपालको राजधानी काठमाडौं पनि प्रदुषित सहर रुपमा चिनिदैं आएको हुदाँ साइकलको संख्या बढाई वातारण स्वच्छ राख्नु पर्छ भन्ने सन्देशका साथ बैंकले साइकल र्याली गरेको हो ।

उक्त साइकल र्यालीमा चार सय भन्दा बढी सहभागिता रहेका थिए । सहभागिहरु मध्ये एक जनाले भाग्यमानीले लक्की ड्र मार्फत ४९ हजारको साइकल समेत जितिका छन् ।

तस्विर:


प्रतिक्रिया दिनुहोस्