प्रतिकित्ता ११० रुपैयाँमा नै कुमारी बैंकको सेयर किन्ने मौका

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलाममा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी जेठ २९ गते भित्र प्रभु क्यापिटल लिमिटेड काठमाडौंमा आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गरी आवेदन पेश गर्ने सकिनेछ ।