बैंकिङ्ग प्रणालीमा एकैदिन थपियो ५ अर्ब निक्षेप, कर्जा लगानी ३ अर्बले बढ्यो « Arthapath.com
२५ असार २०८२, बुधबार

बैंकिङ्ग प्रणालीमा एकैदिन थपियो ५ अर्ब निक्षेप, कर्जा लगानी ३ अर्बले बढ्यो



काठमाडौं । पछिल्लो ससमय बैंक तथा वित्तीय संस्थामा निक्षेप ह्वात्तै बढेको छ । बैंकिङ्ग प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ अर्बले बढेर ५५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । आइतबार ५५ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो ।
सोमबारसम्मको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको निक्षेप मात्रै एकैदिन ४ अर्बले बढेको छ । गत आइतबारसम्म वाणिज्य बैंकहरुमा ४८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो । तर, सोमबारसम्म आईपुग्दा भने बढेर ४८ खर्ब ८० अर्ब रुपैयाँले बढेको हो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि वृद्धि भएको छ बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी एकैदिन ३ अर्ब रुपैयाँले बढेको हो । योसंगै कुल कुर्जा लगानी ४८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । आइतबार सम्म भने बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी एकैदिन २ अर्बले बढेर ४२ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । गत आइतबारसम्म भने बैंकहरुले ४२ खर्ब ९७ अर्ब रुपैयाँ कर्जाृ लगानी गरेको थिए ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै आएको छ । आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको सीडि रेसियो ८४.४९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।


प्रतिक्रिया दिनुहोस्