कामना सेवा विकास बैंककाे पुरानो लाभांश बुझ्न आग्रह « Arthapath.com
२६ जेष्ठ २०८०, शुक्रबार

कामना सेवा विकास बैंककाे पुरानो लाभांश बुझ्न आग्रह



काठमाडौं । कामना सेवा विकास बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले २०७५ असार ३ गते सम्पन्न भएको वार्षिक साधारण सभामा परित भएको आर्थिक वर्ष २०७३/०७४ को नगद लाभांश सेयरधनीहरुले नबुझेको हुँदा बुझिसलन आग्रह गरेको हो ।

नगद लाभांश बुझिलिन बाँकी रहेका सेरधनीहरुले सूचना प्रकाशन भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।

तोकिएको समयमा पनि नगद लाभांश लिन नआउने सेयरधनीहरुको लाभांश रकम सोही दफामा गरिएको व्यवस्था बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्ने व्याहोरा कम्पनीले एक सूचनामार्फत प्रकाशन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्