सिटिजन बैंकले दियो रंगेली अस्पताललाई पोस्ट अपरेशन मनिटर र फ्रिज, कन्या क्याम्पसलाई प्रोजेक्टर हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोशी प्रदेश स्थित रंगेली अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको हो ।
गत जेठ २६ गते आयोजित एक समारोहका बीच बैंकको प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय अस्पातलाई ती स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो । उक्त कार्यक्रममा रंगेली नगरपालिका का नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अ अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
यसको साथै सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पस लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीहरुलाई पठानपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो ।
निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत संचालन गर्ने योजना रहेको जनाएको छ ।
सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ ।