अनलाइन ठगि बढ्दैं, ग्राहक सचेतका लागि कृषि विकास बैंकले निकाल्यो यस्तो सूचना

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले अनलाइन ठगिबाट सचेत हुन आफ्ना ग्राहकलाई अनुरोध गरेको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै समाजिम संचाल मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी विभिन्न लिंकहरु प्रयोग गरी चिट्ठा, उपहार कार्यक्रम भनि गठि रहेको बताएको हो । बैंकले सामाजिक संजाल मार्फत, कुनै पनि लिंक, चिठ्ठा तथा उपहार कार्यक्रम नल्याएको जनाएको छ ।
साथै, खाताको केवाइसी अपडेट गर्ने प्रयोजनका लागि भनेर वा अन्य कुनै प्रयोजनका लागि ओटिफि लिकं, पिन कोड तथा पासवर्ड जस्ता सूचनाहरु बैंकले नमाग्ने बैकले सूचना मार्फत जनाएको छ । गोप्य सूचना बैंकले समाजिक संजाल मार्फत नमाग्ने भएको हुदाँ यस्ता कार्य गरेको पाइएमा नजिकको शाखा वा टोल फ्री न १६६००१११११० मा वा ९८४७३४६०९५ वा ०१४२६३३८७ मा सम्पर्क गर्ने सकिनेछ ।
