महालक्ष्मी विकास बैंकको सेयर खरिद गर्ने होइन त ? आजदेखि करिब साढे ९ लाख कित्ता बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।