तीन महिनादेखि एउटै ब्याजदर: बैंकहरुले सार्वजनिक गरे स्थिर ब्याजदर, कर्जाको भने केही घट्यो « Arthapath.com
१५ असार २०८२, आईतबार

तीन महिनादेखि एउटै ब्याजदर: बैंकहरुले सार्वजनिक गरे स्थिर ब्याजदर, कर्जाको भने केही घट्यो



काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले गत बैशाख महिनादेखि कै ब्याजदरलाई यथावत राखेर सार्वजनिक गरेका छन् ।

बैंकहरुले आगामी असार महिनामा बैंकहरुको निक्षेपको ब्याजदर यथावत राखेका हुन् । गत मंगलबार बसेको नेपाल बैंकर्सको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैंशाख महिनादेखि कै ब्याजदर यथावत छ । असार महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, संस्थागत मद्दति निक्षेपमा ७.९९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

जेठ महिनामा पनि बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकहरुले अब आगामी असारमा पनि सोही ब्याजदर कायम हुने गरि सार्वजनिक गरेका हुन् । प्रकाशित ब्याजदर अनुसार कर्जाको ब्याजदर भने केही घटेको छ । बैंकहरुको बेस रेटको आधारमा कर्जाको ब्याजदर केही घटेको हो ।


प्रतिक्रिया दिनुहोस्