लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँट « Arthapath.com
१ असार २०८०, शुक्रबार

लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले जेठ १६ गतेदेखि २५ गतेसम्म विक्रीमा ल्याएको ऋणपत्र जेठ ३२ गते बाँडफाँट गरेको हो ।

बैंकले १ अर्ब रुपैयाँँ बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरेको थियो । त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरेको छ ।

बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्