मर्जर प्रस्ताव पारितका लागि सनराइज बैंकको साधारण सभा आज « Arthapath.com
१५ असार २०८२, आईतबार

मर्जर प्रस्ताव पारितका लागि सनराइज बैंकको साधारण सभा आज



काठमाडौं । सनराइज बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा आज (असार ३ गते) बस्दैंछ । सभा आम्रपालि व्यांक्वेट बालुवाटारमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने गरेको हुदाँ जेठ २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्