ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो । यद्यपि, के कति सेयर बिक्रीमा रहेको भन्ने बैंकले खुलाएको छैन । सो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सकनेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको (आज) मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा सेयर खरिद कित्ता खुलाइ आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।