तपाई नबिल बैंकको ग्राहक हो ? र्‍याडिसन होटलमा पाउनुहोस् १० प्रतिशत छुट « Arthapath.com
५ असार २०८०, मंगलवार

तपाई नबिल बैंकको ग्राहक हो ? र्‍याडिसन होटलमा पाउनुहोस् १० प्रतिशत छुट



काठमाडौं । नबिल बैंक र र्‍याडिसन होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट दिने भएको हो ।

सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्