नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता « Arthapath.com
२२ असार २०८२, आईतबार

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडबीच सम्झौता भएको छ । संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गर्न संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश चन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन् । सार्वजनिक निष्काशनका लागि कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण कम्पनीले जानकारी दिएको छ ।

सो सम्झौतामा नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडले विगत दुई दशक देखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्यगर्दै आएको छ । कृषि क्षेत्र मार्फत अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको यस श्रीनगर एग्राीटेक ईन्डष्ट्रीज लिमिटेडले हाल ३०० भन्दा बढी व्यक्तिहरूलाई रोजगार दिनुका साथै ५ हजार भन्दा बढी कृषकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडेको छ ।

फार्म, फिड तथा फुडको एकिकृत व्यापार विस्तार गर्दै आएको श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको केन्द्रिय कार्यालय काठमाडौंको टङ्गालमा रहेको छ भने लुम्बिनी प्रदेशको पाल्पा तथा रुपन्देहीमा उद्योग अवस्थित रहेको छ । यस कम्पनिको उत्पादन हाल ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्