को हुन् फेरि एकै पटक पौने २२ लाख कित्ता सेयर बिक्री गर्न लागेका हिमालयन बैंकका ६ जना संस्थापकहरु ?

काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना ६ जना संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ८६ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकका संस्थापक गिरेन्द्र मान सिंश श्रेष्ठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्ता बल्लको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको नाममा रहेको १५ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
यस्तै, संस्थापक राम प्रकाश श्रेष्ठको नाममा रहेको १३ हजार १५३ कित्ता, निता गुरुङको नाममा रहेको ९ हजार ३५९ कित्ता र प्रकाश तायलको नाममा रहेको ३ लाख ३३ जार ३४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि बैंकका हाल कायम रहेका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीको कानून तथा सेयर विभागमा निवेदन दिनुपर्नेछ ।
तोकिएको मितिमा संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ । सो सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेताअनुसार फरक फरक रहेकाले मूल्य सम्वन्धी जानकारीका लागि बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।