प्रभु बैंकका छ जना संस्थापकको सेयर सर्वसाधारणका लागि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१५ असार २०८२, आईतबार

प्रभु बैंकका छ जना संस्थापकको सेयर सर्वसाधारणका लागि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख १६ हजार ६७३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी चिरन्जीवी श्रेष्ठले २५ हजार, राजेन्द्र मान सिंह बस्न्यातले १६ हजार २४३ कित्ता, रमेश दाहालले तीन हजार ४१ कित्ता, गोपाल श्रेष्ठले छ हजार नौ सय कित्ता, सुदन प्रसाद अधिकारीले पाँच हजार ४८९ कित्ता र कमला अधिकारी सापकोटाले ६० हजार कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा सघ संस्थाले आवश्य काजगात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १० गते) ले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई प्रथामिकता दिदैं खरिदका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा सो अवधिभर सेयर खरिदका लागि कुनै पनि आवेदन नपरे पछि प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्