थप २८ करोड ४० लाखको एफपिओ आउँदै, अनुमतिको पर्खाइमा पाँच लघुवित्त, कुनको कति ?

काठमाडौं । २८ करोड थप सार्वजनिक निष्कासन (एफपिओ) आउने भएको छ । नेपाल धितोपत्र बोर्डमा पाँच लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्कासका लागि आवेदन दिएका हुन् ।
बोर्डमा पाँच लघुवित्तहरुले २८ करोड ४० लाख ६० हजार ६६३ रुपैयाँ ५२ पैसाका बराबरको २१लाख ४७ हजार ११५ कित्ता एफपिओ निष्कासनका लागि आवेदन दिएका हुन् ।
किसान लघुवित्त
कम्पनीले प्रतिकित्ता १२५ रुपैयाँमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १६ करोड २२ लाख ८२ हजार ४३६.२५ रुपैयाँ बराबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
मिर्मिरे लघुवित्त
कम्पनीले ९१ लाख २३ हजार ९८४.८० रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १७७ रुपैयाँ ८ पैसामा ५१ हजार ३१६ कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्टले गर्ने छ ।
उन्नति सहकार्य लघुवित्त
कम्पनीले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँको एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १५९ रुपैयाँमा १ लाख ७८ हजार ४५१ रुपैयाँको एफपिओ निष्कासन गर्ने लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेकोछ ।
समता घरेलु लघुवित्त
कम्पनीले ४ करोड ६० लाख ४१ हजार २२०.८० रुपैयाँको २ लाख ८९ हजार ४४० कित्ता सेयर निष्कासन गर्ने भएको छ । जसका लागि प्रतिकित्त १५९ रुपैयाँ ०७ पैसा तोकेको छ । कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट रहेको छ ।
नयाँ सारथी लघुवित्त
कम्पनीले ११६ रुपैयाँमा नै एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता सेयर निष्कासन गर्ने भएको हो । एनएमबि क्यापिटल कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
